काठमाडौं – ‘हनी ट्रयाप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भई हाल काठमाडौंको सुकेधारामा बस्दै आएकी सविता श्रेष्ठ रहेकी छिन्।
प्रहरीका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ–२ का ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजनाअनुसार माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्। त्यसप्रश्चात्, विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास तथा धाकधम्की दिई पटक–पटक नगद रकम तथा जिन्सी सामान लिएको आरोप छ।
पीडितलाई ब्ल्याकमेलिङ गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया