काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आजदेखि साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ५१ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकका अनुसार सो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई बैंकलाई लिखित रूपमा जानकारी दिनुपर्नेछ।






About Us
प्रतिक्रिया