काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी


काठमाडौं- बागमतीसहित काठमाडौं उपत्यकाका सबैजसो नदीमा आज ठूलो बाढी आएको छ। बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुसहितका खोलामा आज ठूलो बाढी आएको हो। 

नदीमा जलसतह बढेपछि सुरक्षाकर्मीले नदी करिडोरका सडकमा माइकिङ गरेर मानिसलाई सचेत गराइरहेका छन्। कतिपय सडकमा आवतजावत बन्द गरिएको छ। 

आज काठमाडौंसहित देशका अधिकांश जिल्लाका सबैजसो नदी तथा खोलामा बाढी उर्लिने र जोखिम बढ्ने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।