महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले ‘कम्प्लायन्स विभाग’ का लागि सिनियर म्यानेजर, म्यानेजर वा डेपुटी म्यानेजर तहमा एक जना कर्मचारी माग गरेको हो।

त्यस्तै, सूचना प्रविधि विभागअन्तर्गत क्लाउड, विन्डोज तथा लिनक्स इन्फ्रास्ट्रक्चरका लागि सिस्टम एडमिनिस्ट्रेटर पदमा अफिसर र जुनियर अफिसरमा एक जना कर्मचारी माग गरेको छ।

यसैगरी, सूचना प्रविधि विभाग अन्तर्गतको सिस्टम सपोर्टतर्फ सुपरभाइजर, सिनियर असिस्टेन्ट तथा असिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार इच्छुक तथा योग्य व्यक्तिले यही असोज २१ गतेभित्र उक्त पदमा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।