सुनको मूल्य

दोस्रो दिन पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

'दुई दिनमा ३७ सय रूपैयाँले घट्याे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।