काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा भदौ महिनामा ८७८ वटा उजुरी दर्ता भएको छ। जसमा आर्थिक अपराधका मात्रै ३८१ वटा रहेका छन्। जिल्ला यस महिनामा सम्पत्ति शुद्धीकरण सम्बन्धी एक वटा उजुरी परेको छ, भने त्यस केसमा १ जना पक्राउ परेका छन्। जसको बिगो ५ करोड रहेको छ।
साथै, हुण्डीसम्बन्धी कसुरमा २ वटा मुद्दा दर्ता भएको छ। जसमा २ जना पक्राउ परेका छन्, भने उनीहरूको बिगो ४४ लाख ७५ हजार पुगेको छ। प्रहरीका अनुसार, भदौमा ८१५ जना अभियुक्त पक्राउ परेका छन्।
त्यस्तै, फैसला कार्यान्वयनतर्फ २५९ जना पक्राउ परेका छन्। उनीहरूको कैद अवधि ३५ वर्ष ७ महिना २२ दिन पुगेको छ भने जरिवाना रकम ८३ लाख ५५ हजार पुगेको छ। त्यस्तै, यस महिनामा २५५ वटा साइबर अपराधका घटनामा उजुरी परेको छ, भने चोरीसम्बन्धी कसुरमा १३९ वटा उजुरी परेको छ।






About Us
प्रतिक्रिया