बैंकिङ्ग कसुर मुद्दामा फरार रामेश्वर पराजुली पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ चिल्ड्रेन पार्क बस्ने कास्की पोखरा महानगरपालिका–५ घर भएका ३७ वर्षीय रामेश्वर पराजुलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– १० बिजुली बजारबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ।