काठमाडौं – भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ।
बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए। अर्थमन्त्री डा. वाग्ले आज ३ दिने भारत भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्। उनी आज काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यको छलफल गर्ने कार्यक्रम रहेको छ।







About Us
प्रतिक्रिया