ठगी, लिखत किर्ते, नागरिकता र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा फरार पुण्डे प्रसाद काफ्ले  पक्राउ


काठमाडौं –  ठगी, लिखत किर्ते, नागरिकता र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका– ४ टौखाल घर भएका हरि भन्ने पुण्डे प्रसाद काफ्ले रहेका छन्। 

उक्त मुद्दामा १५ वर्ष कैद सजाय र १ लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका थिए। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीबाट पक्राउ गरेको हो। उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।