करदाता प्रोत्साहन उपहार: २ सयको सामान किन्ने ग्राहकले जिते १० लाख

भदौमा ३३ करदाताले पाए उपहार, दुई जनालाई १० लाख


काठमाडौं – आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहारका विजेताको घोषणा गरेको छ। विभागले २ जनालाई जनही १० लाख रुपैयाँको बम्पर उपहारसहित ३१ जनालाई जनही १ लाख रुपैयाँ नगद उपहार प्रदान गर्ने जनाएको हो।

विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट जम्मा २ सय रुपैयाँको सामान खरिद गरेका १ ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गरेका अर्का ग्राहकले पनि १० लाख रुपैयाँ उपहार जितेका छन्।

यस्तै, अन्य ३१ जना विजेताले जनही १ लाख रुपैयाँका दरले उपहार पाएका छन्। विभागले करदातालाई नियमित रूपमा बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।