बैंकिङ्ग कसुर मुद्दामा १७ लाख ३९ हजार बिगो तोकिएका हरिधर श्रेष्ठ पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–११, चापागाउँ बस्ने ४७ वर्षीय हरिधर श्रेष्ठ र ललितपुर महानगरपालिका –१६, मंगल बजार बस्ने ६२ वर्षीय नरेश ध्वज श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले ललितपुरको विभिन्न स्थानबाट फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेको हो। हरिधरलाई बैंकिङ्ग कसुर मुद्दामा ३९० दिन कैद, ८६ हजार जरिवाना र १७ लाख ३९ हजार बिगो तोकिएको थियो।

त्यस्तै, नरेश ध्वज पनि बैंकिङ्ग कसुर मुद्दासँग सम्बन्धित पक्राउ पुर्जी जारी भई फरार रहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।