काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको छ।
आयोगको टोलीले नापी सर्वेक्षक साहलाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट पक्राउ गरेको हो।
सर्वेक्षक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।






About Us
प्रतिक्रिया