२ हजार ७ सय  थान भेपसहित चार जना पक्राउ


काठमाडौं – अवैध विद्युतीय चुरोट (भेप)सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा  धादिङका पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका– १६ सतुङगल बस्ने शुभम गुप्ता, रामेछापका राजन मोक्तान र काभ्रेका सक्षम श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यकाको विभिन्न वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– २२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका– ६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ
गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।