काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका– ७ बस्ने गंगा बहादुर कटुवाल र सर्लाहीका हरिवन नगरपालिका–२ घर भएका हेम बहादुर बोम्जन रहेका छन्।
पक्राउ मध्ये गंगा बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ र हेम बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गंगा बहादुरलाई काठमाडौं महानगरपालिका– १२ बाट र हेम बहादुरलाई काठमाडौं महानगरपालिका– २८ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया