तीजमा पशुपतिनाथ मन्दिरमा अवाञ्छित गतिविधि गर्ने ७७ जना नियन्त्रणमा


काठमाडौं – भाद्र २९ गतेको हरितालिका तीज पर्वमा अवाञ्छित तथा आपराधिक गतिविधि गर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं जिल्ला प्रहरी परिसरले विगतका घटनाहरूलाई समेत अध्ययन विश्लेषण गरी अवाञ्छित गतिविधि, चोरी लुटपाट, महिला दुर्व्यवहार आदिमा संलग्न हुन सक्ने जम्मा ७७ जनालाई नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, तीज पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथमा करिब ४५ हजार जना दर्शनार्थीहरुले पूजा आराधना गरेका छन्।