सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश घोषणा


काठमाडौं सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।