काठमाडौं – कुमारी बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको २.१० प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरेको हो।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया