काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ९० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भई हाल काठमाडौंको मैतिदेवी बस्ने हिमान्सु भुवनिया रहेका छन्।
बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका हिमान्सुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागपोखरी चोकबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया