काठमाडौं – रसुवागढी जलविद्युत आयोजनाको एक जना सञ्चालक तथा अन्य विभिन्न कर्मचारी गरी कूल ९२ जना अझै सम्पर्कमा नआएको कम्पनीले जनाएको छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर हराएकाहरु अझै सम्पर्कमा आउन नसकेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दिएको हो।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको मूख्य श्रोतनदी भोटेकोसी हो। यही नदीमा तिब्बततर्फबाट बाढी आउँदा सञ्चालक सुनौं औँदी तामाङ सम्पर्कविहीन छन्। यसैगरी कम्पनीमा नियमित करार सेवामा कार्यरत ५० जना समेत सम्पर्कविहीन छन्।
यसैगरी, दैनिक ज्यालादारीमा कार्यरत २ जना र ठेकेदार कम्पनीमार्फत कम्पनीमा कार्यरत ३९ जना कर्मचारी गरी कूल ९२ जना सम्पर्कविहीन छन्। यसबाहेक, हालसम्म एक जना कर्मचारीको शव भेटिएको कम्पनीले जनाएको छ। यसघटनाबाट कम्पनी मर्माहत बनेको बताइएको छ।
बाढीले भूमिगत विद्युतगृह मलवाले भरिएको तथा प्रशारणलाइन अन्तर्गत ३ वटा टावरमा पूर्ण क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको नेप्सेलाई जानकारी गराएको छ। क्षति भएका उल्लेखित भौतिक संरचना, मेसिन उपकरणहरु तथा सवारी साधनहरुको बीमा क्षति हुँदाका बखत चालू अवस्थामा थिए।






About Us
प्रतिक्रिया