तोलामा १२ सय घट्यो सुनको मूल्य


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भदौ २९ गते नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो।

महासंघका अनुसार आज प्रतितोला १ हजार २०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार २०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँ घटेको छ। यससँगै आज चाँदीको मूल्य ४ हजार ६२० रुपैयाँ प्रतितोला कायम भएको छ। जबकी, हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम थियो।