काठमाडौं – सुन जस्तो देखिने धातु देखाई १ करोड ३९ लाख ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका– १ घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने अनिष थापा मगर रहेका छन्।
काठमाडौंको टोखा नगरपालिका– ९ मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई नक्कली सुन जस्तो देखिने पहेँलो धातु ८५६ ग्रामसहित पक्राउ गरेको छ।
उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, मगर जबरजस्ती करणी कसुर मुद्दाको कैदी रहेको र २०८२ भाद्र २४ गते नख्खु कारागारबाट भागेको खुल्न आएको छ।






About Us
प्रतिक्रिया