काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले दुई दिनमा उपत्यकाका पाँच स्थानबाट ११ सय ५६ वटा ग्यास सिलिन्डर बरामद गरेको छ। प्रहरीले हिजाे (बिहीबार) सूर्यविनायकबाट ७५ वटा, भक्तपुरको इटाछेँबाट १४ वटा, नरेफाँटबाट १८३ वटा र बसुन्धराबाट १७९ वटा ग्यास सिलिन्डर बरामद गरेको हो।
यस्तै, प्रहरीले आज काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट थप ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ। बरामद गरिएका ग्यास सिलिन्डरमध्ये केहीलाई प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने तयारी गरिएको पाइएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार बढी मूल्य लिएर ग्यास बिक्री गर्न खोज्ने व्यक्तिहरूलाई स्थानीय सरकारले तोकेको मूल्यमा ग्यास बिक्री गर्नुपर्ने सर्तमा छाडिएको छ। प्रहरीले ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने कार्यमाथि निगरानी बढाएको जनाएको छ।






About Us
प्रतिक्रिया