काठमाडौं – काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिराइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मा गरेको आकस्मिक बजार अनुगमनका क्रममा गन्हाएको आलु र म्याद गुज्रेको लड्डु फेला परेपछि कारबाही गरिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक बजार अनुगमनका क्रममा पानीपुरीमा प्रयोग हुने गन्हाएको आलु र म्याद गुज्रेको लड्डु फेला पारेको थियो।
अनुगमनका क्रममा करिब १०० ग्राम गन्हाएको आलु तथा म्याद नाघेका ८ प्याकेट विना चिनीका लड्डु फेला परेका थिए। विभागले ती खाद्य सामग्री तत्काल नष्ट गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम व्यवसायलाई आगामी दिनमा खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको छ।






About Us
प्रतिक्रिया