काठमाडौं – झापाको विर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गतिविधि भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विर्तामोड–४ का किरण कान्दङवा, हेक्की श्रेष्ठ र उज्जवल गुरागाईंलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरणहरू कानूनबमोजिम बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनाले लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया