काठमाडौं – ग्लोबल आइएमई म्यूचुअल फण्ड अन्तर्गतका ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ ले लाभांश घोषणा गरेको छ। क्यापिटलको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेको हो।
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ ले आफ्ना इकाईधनीहरूलाई (करसहित) १२ प्रतिशत लाभांश घोषणा गरेको छ। साथै, सोही बैठकले ग्लोबल आइएमई म्यूचुअल फण्ड अन्तर्गतकै ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाईधनीलाई भने लाभांश वितरण नगर्ने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया