काठमाडौं – काठमाडौं महानगरपालिका–२९, पुतलीसडकस्थित प्यासन फाउन्डेसन कन्सल्टेन्सीबाट सरकारी छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजात तयार पार्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाका सन्दीप कार्की, अर्घाखाँचीकी संगीता मगर र नुवाकोटकी अंकिता नेपाल रहेका छन्। पुष्पराज राईले सञ्चालन गरेको उक्त कन्सल्टेन्सीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका नक्कली कागजात तयार पार्ने गरिएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप, दुई थान ल्यापटपलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।








About Us
प्रतिक्रिया