चेक अनादर मुद्दामा बिगो बापत २ वर्ष कैद सजाय तोकिएका एक जना पक्राउ


काठमाडौं – चेक अनादर मुद्दामा बिगो बापत २ वर्ष कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मोरङको उर्लाबारी घर भई हाल ललितपुरको महालक्ष्मी बस्ने गोविन्द खत्री रहेका छन्। 

उनीमाथि काठमाडौं जिल्ला अदालतले २ करोड ५३ लाख रुपैयाँ बिगो बापत २ वर्ष कैद र २ हजार जरिवाना फैसला गरेको थियो। 

उनलाई खोजतलास गर्ने क्रममा  ललितपुरको जावलाखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि  काठमाडौं जिल्ला अदालत बबरमहलमा पेस गरिएको प्रहरीले जनाएको छ।