काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गरेका हुन्।
छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार जुटेका हुन्। छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल भएकाे अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
यी हुन् छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु
सूर्य नेपाल प्रा.लि
एनसेल आजियाटा लिमिटेड
आरती स्ट्राईप्स प्रा.लि
गोर्खा ब्रुअरी प्रा.लि
हिमालय एअरलाइन्स् प्रा.लि
होङ्शी शिवम् सिमेन्ट प्रा.लि
डुसान इनरबिलिटी कम्पनी लिमिटेड
डाबर नेपाल प्रा.लि
वोटलर्स नेपाल (तराई) लिमिटेड
यूनिलिभर नेपाल लिमिटेड
एशियन पेन्टस (नेपाल) प्रा.लि
पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि
गोर्खा लाहारी प्रा.लि
ह्वासिन सिमेन्ट नारायणी प्रा.लि
न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि
नेपाल वेलहोप एग्रि-टेकप्रा.लि
वरुण विभरेज नेपाल प्रा.लि
टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रा.लि
भोटेकोशी पावर कम्पनी प्रा.लि
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि








About Us
प्रतिक्रिया