काठमाडौं – भक्तपुरमा अवैध रूपमा रेड पान्डा (हाब्रे) को छाला लुकाएर राखेको आरोपमा एक जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलको कोठा नम्बर ४०१ बाट रेड पान्डाको छालासहित दैलेख ठाटीकाँध गाउँपालिका–४ का २९ वर्षीय भुपेन्द्र बहादुर कठायत पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्दा कठायतले लुकाएर राखेको अवस्थामा रेड पान्डाको छाला फेला पारेको हाे।
कठायतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया