काठमाडौं – काठमाडौंमा नगद तथा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुरका चुरन मगर, तनहुँका राज कुमार गुरुङ, महोत्तरीका प्रशान्त जंग शाही र रामेछापका बिजय बाबु घिसिङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नयाँबसपार्कस्थित एक गेष्ट हाउसको कोठाबाट पक्राउ गरेको हो।
प्रहरीले उक्त कोठाबाट ७ थान मोबाइल, नगद ५७ हजार, १ थान ताल्चा र १ थान हेक्साँ ब्लेड बरामद गरेको छ। उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया