ग्यास लुकाउने व्यापारीलाई ५० हजार रुपैयाँ जरिवाना


बुटवल- बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएको आरोपमा कारबाही गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।

उपभोक्ताले ग्यास माग्न जाँदा पसल सञ्चालकले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार रूपैयाँ जरिवाना गरिएको हो।