काठमाडौं – नक्कली श्रम स्वीकृति बनाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ घर भई काठमाडौं बस्ने फजले रसुल रहेका छन्।
उनले वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रुपैयाँ लिई ठगी गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।







About Us
प्रतिक्रिया