क्यानडा पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने अच्युत दुलाल पक्राउ 


काठमाडौं –  काठमाडौंको गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन्। वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई गोकर्णेश्वर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो।

दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।