लागु औषध र नगदसहित शान्ति नगरकोटी पक्राउ  


काठमाडौं – लागु औषध र २ लाख २६ हजा नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंकी शान्ति नगरकोटी रहेकी छिन्। 

काठमाडौं महानगरपालिका १६ बाइपास स्थित लागु औषध खरिद बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

नगरकोटीको कोठाबाट प्रहरीले डायजेपाम १७ एम्पुल, बुप्रिनोर्फिन  १७ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी  १७ एम्पुल, मोबाइल थान ३, र २ लाख २६ हजार नगद बरामद गरेको छ।

उनलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।