काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बढाएको सरकारी कर्मचारीको नयाँ तलब तथा सेवा सुविधा स्वीकृत भएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले नयाँ तलबमान र सुविधाअनुसारको नयाँ तलब सार्वजनिक गरेको छ ।
सरकारले साउन १ गतेदेखि लागु हुनेगरी तलब, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता तय गरेको हो । साउन १ गते देखि लागु हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजन) को संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान कायम गरेको छ ।
यस्तै, एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गरेको छ ।
कसले कति पाउँछन् ?







About Us
प्रतिक्रिया