काठमाडौं – रियल स्टेट व्यवसायी तथा मानव अधिकारको सदस्य हुँ भनी घर जग्गा मिलाइदिने प्रलोभन देखाई १६ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–४ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका– ७ बस्ने हेमराज अवस्थी रहेका छन्।
प्रहरीका अनुसार अवस्थीले आफू रियल स्टेट व्यवसायी तथा मानव अधिकारसँग आबद्ध व्यक्ति भएको भन्दै घरजग्गा मिलाइदिने आश्वासन दिएर पीडितबाट १६ लाख रुपैयाँ ठगी गरेका थिए।
प्रहरीले अवस्थीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरूलाई कुल १ करोड १४ लाख रुपैयाँभन्दा बढी रकम बराबरको खातामा पर्याप्त मौज्दात नभएको चेक जारी गरेको खुल्न आएको जनाएको छ। सो बैंकिङ्ग कसुर मुद्दामा उनी फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
अवस्थीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया