स्रोत नखुलेको नगद १३ लाखसहित असपाक साह र साजन मुखिया पक्राउ 


काठमाडौं – सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली नगद १३ लाखसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा असपाक साह र साजन मुखिया रहेका छन्।

उनीहरुलाई उक्त रकम र दुई थान मोबाइलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाएको प्रहरीले जनाएको छ।