काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई १ लाख घुससहित नियन्त्रणमा लिएको छ।
भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको हो।
तामाङलाई सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौंको बालाजुबाट आज नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। विशेष अदालतबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।







About Us
प्रतिक्रिया