काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १ जना चेक अनादर कसुर, १ जना बैंकिङ्ग कसुर, ३ जना चोरी सम्बन्धी कसुर र १ जना अभद्र व्यवहार सम्बन्धी कसुरमा फरार प्रतिवादी रहेका छन्।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूबाट १५ दिन कैद र १३ लाख जरिवाना असुल हुन बाकी रहेको छ। उनीहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया