काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्षहरू खिमबहादुर सावद, पदमसिं सावद, हर्कबहादुर बुढासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।
अख्तियारमा परेको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट आर्थिक वर्ष २०७२\७३ देखि २०७८\७९ सम्म झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण तथा वृक्षारोपण, वन हेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण, मौरीघार व्यवस्थापनलगायत शीर्षकमा नक्कली बिल तथा भरपाई तयार गरी लेखापरीक्षणसमेत गराई वनको आम्दानी हिनामिना गरिएको खुलेको जनाएको छ।
अनुसन्धानअनुसार आर्थिक वर्ष २०७२\७३ मा काठ बिक्रीबाट प्राप्त २८ लाख ५८ हजार आम्दानीमध्ये १६ लाख ४३ हजार हिनामिना गरिएको आरोप छ। यस्तै, आर्थिक वर्ष २०७३\७४ मा १६ लाख १८ हजार आम्दानीमध्ये ५ लाख १३ हजार आर्थिक वर्ष २०७४\७५ मा १५ लाख ७५ हजार आम्दानीमध्ये १३ लाख ६५ हजार तथा आर्थिक वर्ष २०७५\७६ र २०७६\७७ मा समितिको ३ लाख ९० हजार हिनामिना गरिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९९१० अन्तर्गत कसुर कायम गरी सजायको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।







About Us
प्रतिक्रिया