१० अर्ब बिगो दाबी गरिएका ठेकेदार सिद्धार्थ थापा साधारण तारेखमा रिहा


काठमाडौं – विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचार अभियोगमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र हेमन्त रावलको संयुक्त इजलासले उनलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित २०८३  असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीमाथि १०अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।