स्मार्ट सेल प्रकरण: दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


काठमडौं – नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई स्मार्ट सेल प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो।

उनलाई ललितपुरको ललितपुर महानगरपालिका– २३ धापाखेलबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।