व्यवसायी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा १ करोड धरौटीमा छाड्न आदेश


काठमाडौं – व्यवसायी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौँले गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालतले मंगलबार थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख र धितोपत्रको कसुरमा २५ लाख धरौटी माग्ने आदेश दिएको हो ।

गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा जम्मा १ करोड धरौटी माग गरिएको हो ।