४८ करोड ९८ लाख राजस्व सङ्कलन


काठमाडौं – यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ।

रुट पर्मिटबाट १ करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १ लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट ८ करोड ५३ लाख ३३ हजार ४७५, दण्ड जरिवाना र जफतबाट १ लाख तीन हजार १०० र सवारी साधान करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले बताए।