बजेट कार्यान्वयनबारे उद्योगपतिहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनबारे उद्योगपतिहरुसँग छलफल गर्ने भएका छन् । वाग्लेले आज अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा योगदान पुर्‍याएका उद्योगपतिहरूसँग छलफल गर्न लागेका हुन् ।

डा. वाग्लेको आह्वानमा झन्डै तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनसम्बन्धी विशेष छलफल कार्यक्रम आयोजना गर्न लागेको सचिवालयले जनाएको छ । छलफलमा अर्थमन्त्री, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी रहनेछन् ।

कार्यक्रम आज अपराह्न ३ बजेदेखि सुरु हुने जनाइएको छ ।