सप्तकोशी डेभलपमेन्ट बैंकमा भल्टको नगद अपचलन, आन्तरिक नियन्त्रण प्रणाली कमजोर राख्दा कारबाहीमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश कुमार पोखरेललाई सचेत गराएको हो ।

केन्द्रीय बैंकले संस्थाको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाको भल्टमा रहेको नगदमा भएको अपचलन तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको देखिएको थियो । संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको राष्ट्र बैंंकको निश्कर्ष छ ।

साथै, बैंकले घटनाहरु जानकारीमा आएपछि समेत विस्तृत छानविन गरी दोषीउपर कारबाही नगरेको तथा सो घटना सम्बन्धमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली÷आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेकोले सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।