काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका अख्तियारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा कार्यालयबाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।







About Us
प्रतिक्रिया