बीमासम्बन्धी कसुरमा झापाकी मृदुला सरिया पक्राउ 


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमासम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाकी मृदुला सरिया रहेकी छिन् ।

सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बीमा प्राधिकरणले निरीक्षण गर्दा उनले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालि मार्फत बिमा सम्बन्धी कसुर गरेको भेटिएको थियो ।