सहकारी ठगी मुद्दाका फरार कैदी सिबी लामा पक्राउ 


काठमाडौं –  जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ बस्ने सिबी लामा भनिने चन्द्रबहादुर तामाङ रहेका छन्। उनलाई प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ९ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको छ। उनी कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष हुन् ।