काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १५ लाख ४१ हजार जरिवाना तोकिएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका दीपक भट्टराई र सर्लाहीका इर्फान देवान रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ ।
प्रहरीका अनुसार भट्टराईलाई बैंकिङ्ग कसुर मुद्दामा १२ दिन कैद र १२ लाख ६१ हजार जरिवाना र देवानलाई बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद र २ लाख ८० हजार जरिवाना तोकिएको थियो ।






About Us
प्रतिक्रिया